बझाङ, १ भदौ । बझाङको राष्ट्रिय वाणिज्य बैंकबाट एक सेवाग्राहीको
पैसा गाएब भएको छ । सो सेवाग्राही भोजपुर घर भएका हाल बझाङको सदरमुकाम चैनपुरमा बस्दै आएका साङ्गे शेर्पाको खाताबाट करिब ९८ हजार रुपैयाँ चोरिएको बताए। उनका अनुसार गत वर्ष मंसिर २८ गते चेक पुरानो भएपछि बैंकबाट नयाँ चेक लिएका थिए ।
शेर्पाले पुरानो चेक छोडेर गएको बताएका छन्। तर, आज उनले आफ्नो खातामा रकम चेक गरेर निकाल्न खोज्दा रकम नभेटिएपछि चोरिएको थाहा पाएका हुन्। बैंक प्रशासनका अनुसार पुरानो चेकबाट अनिल रोकाया नाम गरेका मान्छेले भुक्तानी लिएको देखिएको छ। अहिले रोकायाको पहिचान गर्न सिसिटिभि फुटेजबाट खोज्ने काम भईरहेको बताइएको छ।