मसुरिया ३१ साउन । सुदूरपश्चिम सरकारका भौतिक तथा पूर्बाधार मंत्री दीर्घ बहादुर सोडारीले हिन्दू धर्मको सकारात्मक पक्षहरुको जगेर्ना गर्दै धर्ममा रहेको बिकृतिहरुलाई सुधार गरि अघि बढ्नु पर्ने कुरा बताएका छन् ।
प्रमुख अतिथि रहेका मंत्री सोडारीले कैलालीको गौरीगंगा नगरपालिका मसुरिया साझाबजार वडा –८ मा रहेको नब निर्मित श्री मोहन्याल मन्दिरको उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।
धर्ममा रहेको बिकृतिलाई सुधार गर्न सफलता प्राप्त गरेनौ भने हिन्दू धर्मको संख्या घट्दै जाने र यसका बिरोधीहरुले अन्य धर्म प्रचारको बहानामा धर्म परिबर्तन गर्ने संख्या बढ्ने बताए । यसै गरि यस धर्मले अनुशासित मानिस बनाउने भएकोले धर्म,संस्कृति र पुरातात्त्विक क्षेत्रलाई जोगाउनुपर्ने समेत बताए ।
गौरीगंगा नगरपालिका क्षेत्रमा भवन,पुल र बाटोको विकास निर्माणको काम शुरुवात भएको बताए । राम्रो कार्यक्रम गर्नको लागि यस क्षेत्रमा गुरु योजना बनाएर १ हजार मानिस अट्ने सिटी हल निर्माणको लागि शहरी बिकास मंत्रालयका मंत्रीसँग पहल भइरहेको समेत बताए ।
विशिष्ट अतिथि रहेका पूर्व सभासद कृष्ण कुमार चौधरीले नगरपालिका कार्यालय र सुदूरपश्चिम सरकारका भौतिक तथा पूर्बाधार मंत्री दीर्घ बहादुर सोडारीलाई मोहन्याल मन्दिरको बहुउद्देश्यी सभा हलको आबस्यक सामाग्री व्यबस्स्थापनमा आर्थिक सहयोगको लागि आग्रह गरे ।
गौरीगंगा नगरपालिका प्रमुख देवी दत्त कडेलले यस क्षेत्रका किसानहरूलाई २ हजार क्वीन्टल युरिया र डि।ए।पी।रासायनिक मलको व्यवस्था गरिदिन मंत्री सोडारीलाई आग्रह गरे । साथै सभा हलको व्यवस्थापनको लागि आवस्यक सहयोग गर्ने बताए ।
सामाजिक विकास मंत्रालय र प्रदेश पूर्बाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा १९ लाख ६५ हजारको लागतमा मन्दिर निर्माण भएको श्री मोहन्याल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष तथा मन्दिर निर्माण समितिका अध्यक्ष भोजराज जोशीले बताए ।
श्री मोहन्याल मन्दिर व्यबस्थापन समितिका उपाध्यक्ष गोपाल कलेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समितिका सचिब हरि प्रसाद जोशी र गोमा भण्डारीले बिचार राखेका थिए ।