धनगढी, ३० साउन । कम्पनीको पाचौं बार्षिक उत्सवको पुर्ब सन्ध्यामा आई एमिइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखाले आज मिति २०७९/०४/३० गते बिमा जागरण कार्यक्रम सम्पन्न गरेको हो।
अछाम बहुमुखी क्याम्पस मंगलसेनमा आयोजना गरीएको बिमा जागरण कार्यक्रममा जिबन बिमाको परीचय ,इतिहास मह्त्व तथा उधेश्य लगायतका बिषयमा विद्यार्थीहरु लाई जानकारी गराइएको थियो ।
जिबन बिमाले ब्याक्तीको जिबनमा आईपर्ने वित्तिय जोखिमहरु बाट बच्नका लागी मदत गर्दछ र जोखिम ब्यवस्थापनको औजारको रुपमा बिमा लाई लिइन्छ भन्ने कुराको जानकारी दिएको आई एमिइ लाइफ इन्स्योरेन्स अछाम शाखा प्रबन्धक महेश प्रसाद जैशिले बताए।
विद्यार्थीहरु शिक्षक लाइसेन्सको परीक्षा दिन गएको हुदा पनि करिब ३२ जना विद्यार्थीहरु सहभागी थिए ।आई एमिइ लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौ बार्षिक उत्सब आगामी भदौ १ गते भब्यताको साथ देशभरी मनाउदै छ।