धनगढी, २९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा गठबन्धन पुर्णरुपमा लागु हुने बताएका छन् । प्रधामन्त्री देउवाले आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित आन्तिरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक बिकास मन्त्री गोबिन्द बोहराको भेटमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवालले गहन गृहकार्य, सहकार्य तथा छलफल गरेर मात्रै गठबन्धनको विषयमा निर्णय लिने बताएका छन् ।
सुदूरपश्चिको बिकस र ठुला परियोजना ल्याउनमा आफ्नो महत्वपुर्ण भुमिका रहेका बताउदै प्रधानमन्त्री देउवाले प्रदेशका लागि गेटा मेडिकल कजेज, सेती प्रादेशिक अस्पताल स्तरोन्नतीमा कुनै कसुर बाकी नराख्ने बताएका छन् ।भेटमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तिरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक बिकास मन्त्री गोबिन्द बोहराले सुदूरपश्चिमको राजनीति र बिकासका बारेमा जानकारी गराएका थिए ।
सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले भेटमा सुदुरपश्चिम प्रदेशको अबको चुनावी गठबन्धनको बारेमा छलफल भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा कैलालीको टिकापुर जोसीपुर लगाएतका पालिकाहरुमा तालमेलमा समस्या भएकोले अब हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा गठबन्धन कसरी गर्दा उपयूक्त होला भन्ने विषयमा छलफल भएको बताएका छन् ।
मन्त्री रावलले सुदूरपश्चिमको विपद् व्यवस्थांपनको बारेमा पनी प्रधानमन्त्री सगं कुराकानी भएको र बाढि पहिरो बाट प्रभावितहरुलाई राहात लगाएतका कार्यक्रम ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता गरेको बताए ।भेटवार्तामा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले सेती प्रादेशिक अस्पतालको प्रदेशको क्षेत्राधिकार भित्र पर्ने दुई सय बेडको काम भैसकोको र अब तिन सय बेड फेरी थप गर्नु पर्ने भएकोले मन्त्रीपरिषद बाट निर्णय गर्न आग्रह गरेको बताए । तिन सय बेडको अस्पताल सञ्चालनको लागि प्रधानमन्त्री र स्वंस्थ्य मन्त्रीले तुरुन्त मन्त्रीपरिषद बाट निर्णय गराउछौ भनेर भनेका मन्त्री बोहराले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, सुदूरपश्चिमका कानुन मन्त्री रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्द बोहरा बीच भेटवार्ता भएको हो ।