• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिमको राजधानी गोदावरी कागजमै, संरचना निर्माणमा बेवास्ता, अस्थायी राजधानीबाटै सेवा

धनगढी, २३ साउन/आजभन्दा ४ वर्षअघि विसं २०७५ साल असोज १२ गतेको प्रदेश सभा बैठकले कैलालीको गोदावरी नगरपालिका–२ र ४ क्षेत्रमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गर्यो।लामो रस्साकस्सीपछि प्रदेश सभाबाट दुई तिहाइले स्थायी राजधानी गोदावरी बनाउने निर्णयसँगै डोटी र कैलालीमा आन्दोलन समेत भयो।५ फागुन २०७४ मा गठन भएको सुदूरपश्चिम प्रदेश सरकारको ५ वर्षे कार्यकालको उत्तरार्द्धमा पुग्न लाग्दा पनि स्थायी राजधानी गोदावरीमा पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन।

प्रदेश सरकारको देखिने गरी भएको उपलब्धि प्रदेशको नामकरण र राजधानी तोक्ने काम हो। सोहीमध्ये पनि गोदावरीलाई स्थायी राजधानी बनाउने प्रक्रिया अगाडि नबढ्दा कागजमै सीमित बनेको छ। अस्थायी राजधानी धनगढीबाटै सुदूरपश्चिम प्रदेश सरकारको नियमित कामकाज भइरहेको छ।प्रदेश राजधानी गोदावरी घोषणा भएको ४ वर्ष पुग्न लाग्दा पनि राजधानीका लागि पूर्वाधार लगायत कामहरु अगाडि बढाउन सरकारी पक्षले बेवास्ता गर्दा राजधानी कागजमै सीमित बनेको हो।

प्रदेश सरकारले हरेक वर्ष न्यून मात्रामा बजेट छुट्याउने बाहेक अरू केही गर्न नसकेको प्रदेशवासीको आरोप छ। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले स्थायी राजधानी निर्माणमा संघीय सरकार बाधक बनेको भन्दै उम्किने गरेका छन्। गोदावरीलाई प्रदेशको स्थायी राजधानी तोकिएपछि निकै खुसी भएका गोदावरी नगरपालिकाका स्थानीय राजधानी तोकिएको चार वर्षसम्म कुनै पनि प्रक्रिया अगाडि नबढेको भन्दै निराश भएका छन्।गोदावरीलाई स्थायी राजधानी बनाउने सरकारी निर्णयबाट स्थानीय निक्कै हौसिएको तर अहिलेसम्म त्यस ठाउँमा राजधानीको कुनै प्रक्रिया अगाडि नबढ्दा गोदावरीबासीको आशा निराशामा परिणत भएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए।

‘यहाँ उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय बढ्छ भनेर हामी धेरै आशावादी थियौँ,’ उनले भने, ‘तर, अहिलेसम्म केही काम भएको छैन्, राजधानी भने अब अन्यन्त्रै सार्ने चलखेल भइरहेको छ कि भन्ने शंका लागेको छ।’प्रदेश सरकारले अन्य कामभन्दा पनि जतिसक्दो चाँडो राजधानी कार्यान्वयनमा जोड दिनुपर्ने स्थानीयको माग छ। गोदावरी नगरपालिकाका स्थानीय महेश कुँवरले प्रदेश सरकारको दुई तिहाइ बहुमतबाट पारित भएको विषयलाई अहिलेसम्म किन कार्यान्वयनमा लैजान नसकेको भनी सरकारसँग प्रश्न गरे। उनले प्रदेश सरकारले राजधानी स्थापनाका लागि लाखौँ रकम छुट्याएको भए पनि फिल्डमा भने साइन बोर्डसमेत राख्न नसकेको बताए।

‘सुरुमा दुई तिहाइ बहुमतले निर्णय पारित गरिहाल्यो। अहिले आएर आफैँले गरेको निर्णय कार्यान्वयन गर्न सरकारलाई समस्या भइरहेको छ,’ उनले भने, ‘तर यसका लागि हामी सबै गोदावरीवाबासी एक हुनुपर्ने भएको छ।’प्रदेश सरकारले प्रस्तावित राजधानीमा संरचना निर्माणका लागि बजेट विनियोजन गर्ने गरेको भए पनि काम भने अगाडि बढ्न सकेको छैन।राजधानी निर्माणका लागि प्रदेश सरकारबाट पहल हुँदै आए पनि संघीय सरकारले जग्गाको भोगाधिकार नदिँदा निर्माणको काम अघि बढ्न नसकेको प्रदेश राजधानी पूर्वाधार विकास समितिका सदस्य–सचिव समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसी राम भट्टराई बताउँछन्।

नेपाल सरकारबाट अहिलेसम्म प्रदेश सरकारको नाममा जग्गा प्राप्ति नभएकाले जग्गाको भोगाधिकार प्राप्तिका लागि आवश्यक पहल गरिने प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश सरकारको पहिलो ५ वर्षे कार्यकाल सकिनै लाग्दा स्थायी राजधानी निर्माणका लागि जग्गा भाडामा लिएर भए पनि काम गर्ने तयारीमा प्रदेश सरकार लागि परेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भट्टराई बताउँछन्।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.