काठमाडौँ, २० साउन । चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्।मेलिनाले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारेको जानकारी सार्वजनिक गरेकी हुन्। यी दुईजनाले गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेका थिए।
केही समय अगाडी मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियोु, उनले भनेकी छन्,एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो।