धनगढी, १४ साउन । ‘हाम्रो धनगढी हामी बनाउँछौ’ अभियान अन्तर्गत धनगढीमा आज सरसफाइ गरिएको छ। शनिबार उपमहानगरपालिकाको वडा नम्बर १५ मा रहेको कनरी पार्क अगाडिको नाला सरसफाइ गरिएको छ।
वडा नम्बर १५ का अध्यक्ष सुकदेव राना थारुको उपस्थितिमा सरसफाइ गरिएको बताइए। यस्तै अभियानलाई दि दरवार स्कुलका सञ्चालकपृथ्वी शाहले मास्क, ग्लोव सहयोग गरिएको अभियन्ताले बताएका छन्।