दार्चुला, १४ साउन । दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । लेकम गाउँपालिका–२ गराडी बस्ने ३० वर्षीया काली सार्कीको उद्दार गरिएको हो ।
सर्मोली स्वास्थ्य चौकीमा सुत्केरी भइ कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उपाध्यायले बताए ।