बाजुरा, २५ असार । स्थानीय तहको निर्वाचन अन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले फराकिलो अग्रता कायमै राखेका छ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुवँर) ले करिव दोब्बर मतान्तरको अग्रता कायम राखेका छन्।
४ हजार ९६५ मत गणना हुँदा मेयरमा एमालेका बानियाँले ३ हजार ६४ मतसहित अग्रता बनाएका छन्।उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १ हजार ६२९ मत सहित पछ्याइरहेका छन्।
यस्तै, उपमेयरमा एमालेकी कुवँरले ३ हजार १३ मतसहित अग्रता कायम राखेकी छन्।उनलाई पछ्याइरहेकी कांग्रेसकी रीता शाहीले १ हजार ६७५ मत ल्याएकी छन्।
अहिले वडा वडा नम्बर ३ र ८ को मतगणना भइरहेको छ।वडा न ३ को अध्यक्षमा एमाले र ८ मा कांग्रेस अग्रस्थानमा छ।
अन्तिम मतपरिणाम सार्वजनिक १, २, ९ र १० नम्बर वडामा नेकपा एमाले प्यानल सहित विजयी भएको छ।