धनगढी, २० असार । कैलाली स्थित धनगढी उप–महानगरपालिकाको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । उपमेयर कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी छन् ।
उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेका थिए भने काँग्रेस पक्षले मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरे । विवाद भएपछि धनगढी उप–महानगरपालिकाको फेसबुक पेजबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको छ ।