काठमाडौँ, १५ असार । कर्णाली प्रदेशका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाको फेरि सरुवा भएको छ।
दुई महिना अघि मात्रै कर्णाली प्रदेशको निमित्त प्रमुखका रुपमा काज सरुवा गरिएका बास्तोलालाई अहिले प्रदेश नं १ तालिम केन्द्रमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।