चौमाला, ६ असार –नेपाल रेडक्रस सोसाइटी गौरीगंगा तदर्थ समिति सोमबार चौमला बजारमा साधारण सभा तथा अधिवेसन सम्पन्न गरि बैधानिकता पाएको छ। सो समितिले बैधानिकता पाएपछि आइतबरबाट नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उप शाखा भएको छ ।
समितिले नयाँ कार्य समिती निर्बिरोध ११ सदस्यीय चयन गरेको छ।नयाँ बैधानिक नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सभापतिमा पदमा छत्र बहादुर बम,उपाध्यक्ष बिन्दु कुमारी बम ,सचिब भोज बहादुर मन्नी,कोषाध्यक्ष टिकाराम बोहरा,उप सचिब सुनिलाल चौधरी,उपकोषाध्यक्ष खेम राज भट्ट चयन भएका छ्न् । यसै गरि सदस्य मिनदत्त ढुंगाना,पहल बिक्रम चन्द,वीर बहादुर मल्ल,कृष्णा खड्का र रमेश कुमार भाट चयन भएका छन् ।
सभामा प्रमुख अतिथी रहेका जिल्ला समन्वय समिती कैलालीका प्रमुख पदम बहादुर कलेलले साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका हुन । रेडक्रस सोसाइटीसंग हातेमालो गरि सहयोग गर्ने कुरा बताए ।
विशिष्ट अतिथी रहेका गौरीगंगा नगर उप प्रमुख भोज बहादुर बमले विपत परेको बेला रेडक्रसले राम्रो कार्य गर्ने भएकोले प्रशंसा गरे ।साथै नगरले रेडक्रसलाई सहयोग गर्ने बिचार राखे । तदर्थ समितिका संयोजक छ्त्र बहादुर बमको सभापतित्वमा सम्पन्न भएको सभामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका मंत्री लोकराज जोशीले मानवीय सेवा तथा बिपतको बेला सहयोग गर्ने गरेकोले रेडक्रस प्रती सबैले बिश्वास गर्ने बताए ।
निर्वाचन अधिकारी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली उपमंत्री राकेश हमाल ले नयाँ निर्वाचित समितीलाई सफथ ग्रहण गराए। समिती जिल्ला समितिको वार्षिक प्रगती प्रतिवेदन तथा कार्य योजना भोज बहादुर मन्नीले प्रस्तुत गरे ।