धनगढी, २० जेठ । धनगढीमा नियम नमान्ने अटो रिक्सालाई कारबाही गरिएको छ। शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले बजार क्षेत्रमा नियमको पालना नगरी अटो चलाउने अटोरिक्सा नियन्त्रणमा लिएर कारबाही गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्याल कैलालीका अनुसार चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका, क्षमता भन्दा बढी सवारी बोक्ने र ताकिएको नियम विपरित चलाउने १ सय २० अटोलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।