धनगढी जेठ, ६ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी प्यानलसहित विजयी भएका छन्।
उनले ९५३ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका इस्वरीजँग बमले ७०४ मत पाएका छन्।
सदस्यमा माओवादीकै महेन्द्र थापा, भावना चाैधरी, रामबहादुर राना, रिता मगराती निर्वाचित भएका हुन् ।