धनगढी जेठ ,५ । सुदूरपश्चिम प्रदेशका १२ वटा स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी रहेको छ।
७६ पालिकाको परिणाम सार्वजनिक भइसकेकोमा प्रदेशका एक उपमहानगरपालिका, एक गाउँपालिका र १० नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गर्न बाँकी रहेको छ।
नतिजा आउन बाँकी
१- कैलालीको धनगढी उपमहानगरपालिका– स्वतन्त्रको अग्रता
२- कैलालीको गौरीगंगा नगरपालिका– माओवादी केन्द्रको अग्रता
३- कैलालीको जानकी गाउँपालिका– नागरिक उन्मुक्ति पार्टीको अग्रता
४- कैलालीको लम्कीचुहा नगरपालिका– काँग्रेसको अग्रता
५- अछामको पञ्चदेवल विनायक नगरपालिका– काँग्रेसको अग्रता
६- अछामको साँफेबगर नगरपालिका– केही केन्द्रमा मतदान गर्न बाँकी
७- कञ्चनपुरको पुनर्वास नगरपालिका– काँग्रेसको अग्रता
८- कञ्चनपुरको भीमदत्त नगरपालिका– काँग्रेसको अग्रता
९- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– एमालेको अग्रता
१०- कञ्चनपुरको कृष्णपुर नगरपालिका– काँग्रेसको अग्रता
११- बाजुराको बुढीगंगा नगरपालिका– मतगणना सुरु गर्नै बाँकी
१२- बाजुराको बुढीनन्दा नगरपालिका– एमालेको अग्रता