काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन्।
बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।यहाँ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्।नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्। मतगणना जारी छ।