नयाँ दिल्ली, २५ वैशाख । बलिउड अभिनेता फरहान अख्तर हलिउडमा डेब्यू गर्दैछन्। उनले हलिउड सिरिज मिस मार्भलुबाट हलिउडमा डेब्यू गर्न लागेका हुन्।
सिरिजमा फरहानको भूमिकाबारे खुलाइएको छैन। तर उनको विशेष भूमिका हुने भारतीय सञ्चार माध्यम बलिउड हंगामामा उल्लेख छ।
मार्भल स्टुडिओ र डिज्नी प्लसले निर्माण गर्ने सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्ज, यास्मीन फ्लेचर, लैथ नक्ली, अजहर उस्मान, ट्राभिना स्प्रिंगरलगायतको अभिनय रहने छ।
आगामी जुन ८ तारिखमा मिस मार्भल प्रिमियर हुने तयारीमा छ।हाल फरहान अभिनेत्री प्रियंका चोपडा, कैट्रिना कैफ र आलिया भट्टको मुख्य भूमिका रहने फिल्म जिले जरा निर्देशन गर्ने तयारी छन्। फिल्ममा उनका साथै बलिउड अभिनेता विक्की कौशलको पनि अभिनय रहने छ।
