बुडर डोटी
डोटीको जोरायल गाउँपालिका २ मा पर्ने बुडर बजारमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । बुडर बजार व्यवस्थापन समितीको आयोजनामा सोमबार बजार क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
वडा अध्यक्ष स्थानीय जनप्रतिनिधी, ईलाका प्रहरी कार्यालय, रेडक्रस सोसाईटी लगाएत स्थानीयहरुको सहभागीतामा हाईव देखी मिल चौराहा हुदै भट्टी बजार क्षेत्रसम्म सफाई गरेको छ ।
सरसफाई कार्यक्रममा देव विकास बैङ्क लिमिटेडका शाखा प्रमुख ज्ञानेन्द्र खड्काको पहलमा झाडु, मास्क लगाएतका आवश्यक सामाग्रीहरु सहयोग गरिएको थियो ।
यसैबिच बजार व्यवस्थान समितीका अध्यक्ष प्रेम बहादुर रावलले बजारमा हुने फोहोर ब्यवस्थापनका लागि बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको बताए । बजार व्यवस्थापन समिती सधै बुडर बजार विकास तथा सुधारको लागी लागीपरेको बताउदै रावलले आगामी दिनमा निरन्तर आफ्ना गतिविधी अगाडी बढाउने प्रतिबद्धता जनाए
