अछाम, असोज २
अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले पालिकाको केन्द्र सार्न लागेको अफवाह फैलाएर जनतालाई उत्तेजित पारेको बताएका छन् । गाउँपालिकाको वडा नम्बर ७ बाँसकाडामा खेलमैदान बनाउने कार्यपालिकाको निर्णयमा सबै जनप्रतिनिधीको सहमतीमा भएपनी केही व्यक्तिका निजी स्वार्थका कारण जनतामा गलत अफवाह फैलाएर साम्प्रदायिक द्धन्द्ध फैलाउने काम गरेको आरोप लगाए ।
शर्माले भने हामीले केन्द्र सार्ने निर्णय गरेका होइनौं, खेलमैदान बनाउने निर्णय गरेका हौं, केही अराजकहरुले साम्प्रदायिक हिंसा बढाउन प्रयत्न गरे । अध्यक्ष शर्माले कार्यपालिकाको बैठकले गाउँपालिकाको भौगोलिक तथा सुविधाको हिसाबले सबै वडाहरुको पाएक पर्ने एकमात्र ठाउँ बासकाडा नै उपयुक्त भएकाले निर्णय गरेको बताए ।
गलत अफवाह फैलाएपछि अहिले केन्द्र रहेको तुर्माखाँद बजारका स्थानीय र तोषि, धमाली, र रानिवनका स्थानीयहरु जिल्ला स्थित सदरमुकाम मंगलसेन पुगेका छन् । दुवै ठाउँका स्थानीयहरु आन्दोलित छन् ।
गाउँपालिकाको केन्द्र देखी ५ किलोमिटरको दुरीमा पर्ने उक्त स्थानमा खेलमैदान निर्माणको लागि यस भन्दा अघि पनी बजेट विनियोजन भएर काम शुरुभैसेको थियो । समथल भुभागमा पर्ने उक्त स्थान शहरीकरणको रुपमा विकास भैरहेको बासकाँडा बजार संगै जोडीएको छ ।
गाउँपालिकाको ८ नम्बर वडा धमाली, ६ नम्बरवडा रानिवन, ७ वडा तोषि, ४ नं तुर्माखाँद, ५ नं. वडा नाडा, भैरबस्थान, भुलु र रहफ वडाको विचमा उक्त स्थान पर्दछ । गाउँपालिकाको केन्द्र तोकीएको तुर्माखाद बजारमा बजार विस्तार भैरहेको र खेलमैदानको लागि प्रयाप्त जमीन समेत छैन ।
स्थानीयले भने‘ गाउँपालिकाको कार्यालय समेत बनाउन जमीन अपुग रहेका बेला त्यही ठाउँमा खेलमैदान चाहियो भनेर जनतालाई उकास्नुमा कुनै तुक छैन । यो आन्दोलन विकासका विरुद्धमा छ । धमालीका एक स्थानीयले भने समाजलाई भड्काएर आफने राजनैतिक दुनो सोजाउन कसैलाई मिल्दैन । गर्नु पनी हुँदैन ।
गाउँपालिकाका उपाध्यक्ष अमृता बुढा र वडा नम्बर ४ का वडाध्यक्ष कविराम बयकले कार्यपालिकाको बैठककामा असोज ४ गते बासकाडा बनाउने प्रस्ताब ठिक छ भनेर हस्ताक्षर समेत गरेका थिए । आन्दोलनमा नेतृत्व उपाध्यक्ष र वडाध्यक्ष र पुर्व शिक्षक मान बहादुर बयकले गरीरहेको छ्न । बैठकमा हस्ताक्षर पनी गर्ने सहमती पनी जनाउने बाहीर आएर जनतालाई भड्काउने उपाध्यक्ष र वडाध्यक्षको नियतीको सबै बाट विरोध भैरहेको छ ।