मसुरिया १ कार्तिक- गौरीगंगा ११ स्पोर्टस क्लबको आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । समाजिक उत्तरदाईत्व बहन गर्दै क्लबले गौरीगंगा नगरपालीका वडा नं.८ बढैपुर आयोजना गरेको थियो । गौरीगंगा ११ स्पोर्ट्स क्लबको स्थापना दिवस, शुभदिपावलि, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान, चियापान तथा ‘मेरो रगत कसैको जिवन’ भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम गरीएको गौरीगंगा ११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
गौरगंगा स्पोर्टस क्लबका सल्लाहकार अध्यक्ष दिपेन्द्र गिरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिति गौरीगंगा नगरपालीकाका नगर प्रमुख भिम बहादुर देउवा रहनुभएको थियो भने अथितिमा गौरगंगा नगरपालिका वडा नं.५का वडा अध्यक्ष जंग ब.बि.क, वडा नं.८का वडा अध्यक्ष तुलाराम सापकोटा, वडा नं.९का वडा अध्यक्ष हरीप्रसाद तिवारी, वडा नं.१०का वडा अध्यक्ष पदम ऐर, समाजसेवि तथा बुद्धिजिवि बिर ब.मन्नि, राम ब.कलेल, दिनेश राज जोशि,शान्ति सिह, जानकि कुवर, पहलविक्रम चन्द, हिरासिङ बडैला, लोकेन्द्र रोकाया, महेन्द्र बि.क., भेष बम, पदम कलेल र बिर्ख धामि सहितको रहेकोे थियो ।
गौरीगंगा ११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलको स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन वेद कुमालले गरेका थिए ।
गौरीगङ्गा–११ स्पोर्ट्स क्लबले ‘सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७६’ तयारी जुटेको छ । कैलालीको गौरीगंगा नगरपालिको मसुरियामा ‘सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७६’ को आयोजना गर्न तयारी गर्न थालेको हो । गौरीगंगाा ११ स्पोर्ट्स क्लवले बिगत दुई बर्षदेखी लगातार गौरीगंगा आमन्त्रित खुला फुटवल प्रतियोगिता संचालन गर्दै आएको थियो । बिगतको अनुभवलाई सगाल्दै फुटवल क्षेत्रको बिकासका लागि अब यो बर्ष ‘सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७६’को तयारीमा जुटेको गौरीगंगाा ११ स्पोर्ट्स क्लवका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।