• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतले पानी रोके पाकिस्तानले कडा जवाफ दिन्छ’

भारतले पानी रोके पाकिस्तानले कडा जवाफ दिने प्रतिक्रिया दिएको छ ।

बिहीबार पाकिस्तानले सम्झौताअनुसार नै विभिन्न तीन वटा नदीको पानीमा आफ्नो ‘विशेष अधिकार’ रहेको जनाएको छ । पाकिस्तानले पानी रोक्ने कुनै पनि प्रयासलाई ‘उक्साहटको कारबाही’ रुपमा लिने र त्यसको कडा जवाफ दिने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसालै हरियाणामा भएको एउटा चुनावी र्‍यालीमा भारतबाट पाकिस्तानतर्फ जाने पानी रोक्ने बताएका थिए ।

मोदी सरकारले मानवअधिकारको सम्मान गर्दैन : पाकिस्तान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘भारतीय किसानको हकको पानी, हरियाणाका किसानको हकको पानी ७० वर्षसम्म पाकिस्तानतर्फ गैरहेको छ । यो मोदीले त्यो पानी रोक्छ र तपाईँहरुको घरघरमा पुर्‍याउँछ ।’

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने, ‘सिन्धु जल सम्झौताअनुसार पाकिस्तानसँग पश्चिममा रहेका ती नदीको पानीमाथि विशेषाधिकार रहेको छ ।’

उनले अगाडि भने, ‘भारतीय नेतृत्वबाट यस्तो बयान आउनु मोदी सरकार भारतलाई एक गैरजिम्मेवार आक्रामक राज्य बनाउन चाहेको र मानवअधिकार र अन्तर्राष्ट्रियवादमा कुनै सम्मान नभएको स्पष्ट हुन्छ ।

’

सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा पाकिस्तान र भारतबीच ‘इन्दस जल सम्झौता’ भएको थियो । यो सम्झौतामा इन्दस र यसका ५ सहायक नदीको पानीको प्रयोगका बारेमा व्यवस्था गरिएको छ । यसमा ६ वटा नदीलाई पूर्वी र पश्चिमी गरी दुई भागमा विभाजन गरिएको छ ।

पूर्वी क्षेत्रमा रहेका नदीहरु सतलज, बीज र रवि नदीको पानी भारतले प्रयोग गर्ने तथा पश्चिम क्षेत्रमा रहेका झेलम, चिनाब र इन्दस नदीको पानी पाकिस्तानले प्रयोग गर्ने सम्झौतामा उल्लेख रहेको छ । तर सम्झौतामा भारतले पनि पश्चिम क्षेत्रका नदीको पानी प्रयोग गर्न पाउने उल्लेख गरिएको छ ।

शान्तिका लागि खतरापूर्ण

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता फैसलले मोदीको ‘अतिवादी सरकार दक्षिण एसिया र विश्वकै शान्तिका लागि खतरापूर्ण’ भएको बताएका छन् । उनले कश्मीर मुद्दा पनि उठाएका छन् ।

उनले भारत प्रशासित कश्मीरका ८० लाख नागरिक बाँकी विश्वसँग सम्बन्ध विच्छेद भएको बताएका छन् । यस मामिलामा भारत एक्लिएको पनि प्रवक्ता फैसलको दाबी रहेको छ ।

बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.