धनगढी, ३० असोज- सनसाईन फुटवल एकेडेमीले उपदेश युवा क्लव धनगढी–६ .जालीलाई खेलकुद सामग्री सहयोग गरेको छ ।
एक कार्यक्रमको आयोजना गरि एकेडेमीले उपदेश युवा क्लवका खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको क्लवका टिम क्याप्टेन सरोज चौधरीले जानकारी दिए ।
सनसाईन फुटवल एकेडेमीका तर्फबाट अध्यक्ष भरत थापा, महासचिव सुर्य केसी र कोषाध्यक्ष गोपाल चौधरीले खेलाडीहरुलाई खेल सामग्री हस्तान्तण गरेका हुन् । खेल क्षेत्रमा भाईबहिनीहरुलाई सानै सहयोगले पनि उनीलाईलाई हौसला मिल्ने भएकोले बिभिन्न खेल क्षेत्रमा सहयोग गर्दै आईरहेको सनसाईन फुटवल एकेडेमीका अध्यक्ष भरत थापाले जानकारी दिए ।
यसरी बिभिन्न क्षेत्रबाट खेलाडीहरुलाई सहयोग धन्यवाद दिदै क्लवका टिम क्याप्टेन सरोज चौधरीले खेल सामग्री सहयोगले आफुहरुलाई खेलकुदमा खेल्न थाप हौसला मिलेको बताए ।
