धनगढी, ४ चैत/सुदूरपश्चिम सरकार प्रति नेपाली काँग्रेस असन्तुष्ट भएको छ । केन्द्रमा नेपाली काँग्रेस, नेकपा (एकिृत समाजबादी), माओवादी केन्द्र र जसपा मिलेर गठबन्धन सरकार बनेको छ ।
अन्य प्रदेशमा पनि गठबन्धन सरकार चलेको छ सुदूरपश्चिम प्रदेश मात्रै नेकपा (एकिृत समाजबादी), माओवादी केन्द्रको दुई दलिय सरकार मात्रै बनेको छ । पटक–पटक काँग्रेसलाई सरकारमा ल्याउन आवश्यक छैन भनेर नेकपा (एकिृत समाजबादी), माओवादी केन्द दुई दलिय नेताहरु टिप्पणी गरिरहेका बेला पनि काँग्रेस भने मौन बसेको छ ।
सुदूरुपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका प्रदेशिक अस्पतालमा अध्यक्ष नियुक्त गरेपछि सुदूरपश्चिम काँग्रेस संसदीय दलमा तरंगित भएको छ । ‘काँग्रेसले गठबन्धन भनेर सरकारलाई सघाउदै जाने’ सुदूरपश्चिम संसदीय दलका नेता डा. राणबहादुर रावलले भने–‘प्रदेश सरकार मनमरी ढंगले अघाडी बढिरहेको छ ।’ काँग्रेस संसदीय दलको नेता सरकारको निर्णय प्रति आक्रोशित हुदै पुर्णतया एकलौटि नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी दुई पार्टीको रजाई भएको बताएको छ ।
‘सुदूरपश्चिम सरकारमा दुई दलिय मनपरितन्त्र चलेको छ’ संसदीय दलका नेता डा. रावलले भने–‘संयन्त्र बिनाको काँग्रेस सहित गठबन्धन बिनानै सरकार एकलौटी चलेको हो ।’ अन्य दलको सहमति बिनानै सरकारी नियुक्ती गरिरहेको छ उनले भने यो कस्तो गठबन्धन हो ।
उता नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलायर पनि सुदूरपश्चिम प्रदेशमा गठबन्धनको कुनै आभास भएको छैन ।
‘सरकार आफ्नै तरिकारले चलिरहेको छ’ सभापति बलायरले भने–‘अब हामी सरकार बिरुद्ध भण्डारफोर अभियान चाल्छौ ।’ मैले भन्दै हिडेको छु सुदूरपत्र अनलाईन संग भने–‘सुदूरपश्चिम प्रदेशमा गठबन्धन छैन ।’ सुदूरपश्चिममा गठबन्धनको कुनै औचित्य नभएको सभापति बलायरले बताएका छन् । सरकारले यस्तै आफ्नै ढंगले अघाडी बढ्यो भने काँग्रेस प्रतिपक्षी बेन्चमा बसेर सरहकार बिरुद्ध लाग्ने बलायरले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारकी प्रबक्ता तथा आन्तरिक मामिला मन्त्री पुर्ण जोशी भने गठबन्धनकै मर्म अनुरुप काम गरिरहेको बताएकी छन् ‘सामाजिक बिकास मन्त्रालय अस्पतालको अधिकार क्षेत्र भएकोले यसमा सामाजिक मन्त्रीको अधिकार क्षेत्र भित्र हुन्छ’ मन्त्री जोशीले भनिन्–‘यस बिषयमा सामाजिक मन्त्रीले जिम्मेबार हुन् ।’
