नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेशले धनगढीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । बिजया दशमी, दीपावली तथा छट पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । चियापान कार्यक्रममा नेकपाका केन्द्रिय नेता, प्रदेश कमिटीका पदाधिकारी जिल्ला तथा स्थानिय तहका नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
