धनगढी । आज देखी धनगढीमा ‘आरवीए नवौँ अन्तराष्ट्रिय गोजुरियो कराते प्रतियोगिता २०७६’ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आज एक समारोहका विच कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेकोे प्रतियोगिता शनिबार सकिने छ । राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितकिो आयोजनामा भइरहेको प्रतियोगीताको उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, राष्ट्रवादी विकाशिल अभियानका अन्तराष्ट्रीय विभाग प्रमुख नरेन्द्र ओली, कैलाली जिल्ला खेलकुद विकास समीतीका अध्यक्ष दिपक सिंह लगायतले प्रतियोगीताको सफलताको लागी शुभकामना मन्तव्य व्यक्र गर्नुभएको छ ।
प्रतियोगितामा सहभागिताका लागी नेपालसँगै भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकीस्तान, अफगानस्तान लगायत देशहरुका खेलाडीहरु एवम् प्रशिक्षकहरु सहभागी रहेका छन ।
प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरस्कार पाउने छ । त्यस्तै टिम कुमुतेमा विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिने छ ।
उद्घाटन समारोहमा प्रतियोगीता संयोजक प्रकाश कुमार चन्दले प्रतियोगीताको उदेश्य माथी प्रकाश पार्दै सबै सहयोगीहातहरु तथा अफीसियलहरुलाई धन्यावाद ज्ञापन गर्नु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा राष्ट्रवादी विकासशील अभियान रहेको छ भने प्रायोजकमा शुभश्री प्यालेस धनगढी रहेको छ ।