• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महिलाको भूमिकामा जमेका बलिउडका पुरुष कलाकार

नयाँ दिल्ली- भारतीय कलाकार जहिले पनि दर्शकलाई केही न केही नयाँ खुराक पस्किने दौडमा हुन्छन्। यसैकारण कैँयौं पुरुष कलाकार महिलाको भूमिका निभाउन समेत हिच्किचाउँदैनन्।

गोविन्दा, रितेश देशमुख, आमिर खान, कमल हसन, सदाशिव अमरापुरकर, आशुतोष राणाजस्ता कलाकारले महिलाको भूमिकामा आफूलाई अब्बल सावित गरिसकेका छन्।

यही सूचीमा पछिल्लो पटक अक्षय कुमारको नाम पनि जोडिएको छ। अक्षयले हालै सामाजिक सञ्जालबाट आफ्नो नयाँ फिल्म ‘लक्ष्मी बम्ब’ को पोस्टर सार्वजनिक गरेका छन्। उक्त पोस्टरमा अक्षय आँखामा गाजल लगाउँदै गरेको अवस्थामा देखिन्छन्। यसबाट के प्रमाणित हुन्छ भने उनले कुनै महिलाको भूमिका निभाएका छन्।

अक्षय फिल्म ‘खिलाडी’मा एक महिलाको सामान्य भूमिकामा देखिएका थिए।

भारतमा महिलाको भूमिकामा अभिनय गरेका कतिपय पुरुष कलाकारले वाहवाही बटुलेका छन्। सोही अभिनयकै कारण फिल्म  सुपरहिट समेत भएका छन्।

आसुतोष राणा
सन् १९९९ मा बनेको फिल्म ‘संघर्ष’ मा आसुतोष राणाले महिलाको भूमिका निर्वाह गरेर धेरैलाई चकित बनाइदिएका थिए।

तनुजा चन्द्राद्वारा निर्देशित फिल्म संघर्षमा आसुतोष एक सनकी भिलेनको भूमिकामा देखिएका थिए। यो फिल्म सुपरहिट भएको थियो। यस फिल्मबाट आसुतोषले ‘उत्कृष्ट भिलेन’को अवार्डसमेत हात पारेका थिए।

सदाशिव अमरापुरकर
भारतीय फिल्म क्षेत्रमा एक समय थियो, जुन समयमा भिलेनले हिरोलाई कडा चुनौती दिन्थ्यो। बलिउडमा यस्ता पनि भिलेन भए, जसको चर्चा अहिलेसम्म पनि हुने गर्छ।

त्यस्तै एउटा भूमिका थियो, सन् १९९१ मा बनेको फिल्म ‘सडक’ को महारानीको। सदाशिव अमरापुरकरले सडक फिल्ममा महारानीको भूमिका निभाएका थिए, जुन भूमिका महिला खलनायकको थियो। उनको अभिनयलाई धेरै रुचाइयो। उनले महारानीको यो भूमिकाको लागि अवार्डसमेत जितेका थिए।

प्रशान्त नारायणन
ठूलो पर्दामा कुनै कलाकारले यस्तो छाप छोडेका हुन्छन्, कहिलेकाहिँ वास्तविकतामा पनि त्यो कलाकारसँग मानिसहरु डराउने गर्छन्।

फिल्म ‘मर्डर २’ मा धीरज पाण्डेको भूमिका निर्वाह गर्ने प्रशान्त नारायणनले आफ्नो अभिनयबाट दर्शकलाई डर पैदा गराए र भिलेनको भूमिका उम्दा तरिकाले निर्वाह गरे।

कमल हसन

कमल हसनको फिल्म ‘चाची ४२०’ सन् १९९७ मा रिलिज भएको थियो। यस फिल्ममा उनी आफ्नी छोरीको लागि ‘कामवाली बाई’ (अर्काको घरमा काम गर्ने महिला) बन्छन्। उनलाई सबैले ‘चाची’ भनेर बोलाउँछन्।

यो फिल्मलाई दर्शकले खुब मन पराए। फिल्ममा उनी एक ‘शक्तिशाली’ महिलाको रुपमा देखिन्छन् जो, कैयौं गुण्डासँग एक्लै लड्छन्।

गोविन्दा
गोविन्दा जतिबेला फिल्ममा प्रवेश गरेका थिए, त्यतिबेला उनले अभिनय मात्र होइन अन्य काममा पनि छुट्टै छाप छोडेका थिए। उनको डान्स र संवाद बोल्ने तरिकाबाट दर्शक कायल थिए।

‘आन्टी नम्बर १’ सन् १९९८ मा प्रदर्शन भएको फिल्म हो। उक्त फिल्ममा गोविन्दाले महिलाको भूमिका निभाए र अत्याधिक सफल भए।

चाहे २०१३ को फिल्म ‘रज्जो’ मा महेश मान्जरेकर हुन् या तिग्मांशु धुलियाको फिल्म ‘बुलेट राजा’मा रवि किशनको भूमिका होस्। अथवा १९९७ मा निर्माण भएको फिल्म ‘तमन्ना’का परेश रावल नै किन नहुन्, उनी महिलाको भूमिकामा खरो उत्रिएका छन्।

बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.