धनगढी,२३ मंसिर । जिल्ला प्रशासन कार्यालय कैलालीले स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरेको छ । मंसिर २१ गते बसेको बैठकले कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको संक्रमण रोकथामका लागि सबैले सर्तक रहन आग्रह गरेको हो ।
प्रशासनले कुनै पनि मठ मन्दिर, गुम्वा, चर्च, मस्जिद, गुरुद्वारा लगायतका धार्मिक र सांस्कृतिक महत्वका स्थानहरूमा हुने नित्य पूजा र पाठ, आराधना बाहेकका मानिस भेलाजम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन, कीर्तन, विवाह, व्रतवन्ध लगायतका कुनै पनि कार्य गर्दा सर्वसाधारणले स्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालन गर्न आग्रह गरेको हो ।
प्रशासनले कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई जनस्वास्थ्य कार्यालय कैलालीसँग समन्वय गरी खोप लगाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।