धनगढी, २२ मंसिर । कैलालिको धनगढी उप महानगरपालिकामा लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा बिद्यालय स्तरमा हुने महिला हिंसा निवारणको सम्बन्धमा शिक्ष्ँक,बिद्यँर्थि,र बिद्यँलय ब्यवस्थापनका पदाधिकारी संग अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा सहभागिहरुलाइ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले लैगिंक हिंसा,लागु औषध,साइबर क्राइम लगायतका बारेमा प्रशिक्ष्ँण दिएका थिए । लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत यस बर्षको नारा घर बाटै सुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने रहेको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलिले बिद्यालय स्तरमा उजुरी पेटिका राखिदिन प्रहरीलाइ आग्रह गरिन । नाम भन्न डराउनेहरुका लागि उजुरी पेटिका उजुरी गर्नका लागि सहज बाटो भएकाले केहि रुपमा भएपनि बिद्यँलय स्तरमा हिंसा न्युनिकरण हुने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागि बिद्यार्थिहरुले हिंसा हुन नदिन श्रष्टि परिर्वतन भन्दा पनि दृष्टि परिवर्तन गर्न जरुरी रहेको बताए । उनिहरुले घरबाट नै हिंसा हुने हुदा अभिभावकलाइ पनि यस्ता कार्यक्रमहरुमा सहभागि गराउन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नबदुर्गा बिद्यालय ब्यवस्थापन समितिका कमला गुरुङले उजुरी पेटिका राखेपनि तोडफोड गरिने गरेको बताइन । यसबारे नगरपािलकामा खबर गर्दा पनि कुनै चासो नदिएको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागि शिक्षकहरुले यस्ता प्रशिक्षणमा सिकेका कुराहरु कार्यक्रममा मात्रै सिमित नगरि घरमा पनि लागु गर्नुपर्ने बताए । यस्ता धेरै कार्यक्रमहरु भइरहदा कार्यक्रम हल भित्र मात्रै सिमित हुने गरेको बताउदै उनिहरुले भने हामिले पनि सुरुवात आफ्नै घरबाट गर्नुपर्छ ।