सरस्वती साफरी
धनगढी, २० मंसिर/कोरोना रोगका कारण सुदूरपश्चिम क्षयरोगका विरामीको उपचार हुन सकेको छैन । क्षयरोगका विरामीको सख्या धेरै मात्रामा भए पनि बाहिर भने थोरै सख्यामा विरामीहरु देखिएका छन । क्षयरोगका विरामी सख्या कति छन भनेर एकिन तथ्याङक कसैले पनि राख्न सकेको छैन ।
क्षयरोग भएको र काम गदै जादा रोग लागेको अफिसमा थाहा पाएर काम बाट बाहिर निकालेको क्षयरोग लागेका एक व्यक्तिले बताए । उनले भने रोग लागेको व्यक्तिले काम गरेर खाने बाटो नै छैन अब कसरी बाच्ने रोगी व्यक्तिले बताए ।क्षयरोगका विरामीहरुले औषधी सेवन गरे पनि पोषणयुक्त आहार पाउन नसकेको उनीहरुको गुनासो छ ।
क्षयरोगीहरुलाई निशुल्क स्वास्थ्य विमाको व्यस्था हुनुपर्न सगै शिक्षा क्षेत्रमा छुटको व्यवस्था गर्नुपर्ने त्रिशुली प्लसका कार्यकारी निर्देशक अच्युत सिटौलाले बताए । उनले भने अहिले सुदूरपश्चिमा मात्र २८ सय देखि ३२ सय सम्म क्षयरोगका विरामी रहेका छन ।
अहिले धेरै जसो मानिसले मलाई क्षयरोग लागेको छ भनेर भनै गारो मानेकाले विरामी सख्या घटेको र उपचार सम्म पुग्न नसकेको सिटौलाले बताए । गएका वर्ष ३ हजार क्ष्यरोगका विरामी थिए भने अहिले घटेर २८ सय पुगेको उनले बताए । अब क्षयरोगका विरामीले गाउ–गाउमा औषधीको व्यवस्था गर्नु पर्ने सिटौलाले बताए तथ्याङकले भने प्रत्यक वर्ष सुदूरपश्चिमा मात्रै ६९ हजार क्षयरोगका विरामी देखिने गरेका छन ।