• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिम कांग्रेस : पदाधिकारीसहित कार्यसमिति घोषणा

धनगढी, २० मंसिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको नवनिर्वाचित सभापति वीरबहादुर बलायरसहित पदाधिकारी तथा कार्यसमितिको घोषणा गरिएको छ । सोमबार कांग्रेस कैलालीको पार्टी कार्यालयमा एक समारोहको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गरिएको हो । शुक्रबारदेखि भएको प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश पार्टी सभापतिमा बलायरसहितको प्यानल विजयी भएको थियो ।

सो अवसरमा बोल्दै प्रदेश पार्टी सभापति बलायरले पार्टीको केन्द्रीय सभापतिमा वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको आवश्यकता रहेको बताए । ‘पार्टीलाई बलियो बनाउन प्रधानमन्त्री देउवाको विकल्प छैन’ उनले भने –‘२४ गते हुन लागेको पार्टीको केन्द्रिय महाधिवेशनबाट पुनः सभापतिमा उहाँनै निर्वाचित हुनेछन ।’ उनले पार्टी सभापति देउवालाईनै बनाउन सबै महाधिवेशन प्रतिनिधी, पार्टीका भातृ संघ, संगठनका कार्यकर्तालाई अनुरोध गरे ।

उनले प्रदेशमा कांग्रेसलाई बलियो बनाउन पार्टीका कार्यकर्ता सबै एक ढिक्का हुनुपर्ने बताए । ‘पार्टीभित्रको निर्वाचनलाई लिएर कसैले पनि रुष्ठता व्यक्त नगरौं’ उनले भने –‘अब आउनै लागेको स्थानीय तहमा पार्टीलाई विजयी गराउन सबै एकजुट बनौ ।’

उनले प्रदेशको कार्यालय धनगढीमै राखिने बताए । ‘प्रदेशको कार्यालयका लागि भवन निर्माणाधिन अवस्थामा रहेको छ । छिट्टै सम्पन्न हुँदै छ’ उनले भने –‘अब पार्टीको बैठक तथा कार्यालय धनगढीमै रहने छ ।’
बलायरले प्रथम अधिवेशनबाट ६८८ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी संस्थापन बाहेक टिमका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । प्रदेशमा एक हजार २६ प्रदेश अधिवेशन प्रतिनिधि रहेकोमा शनिबार भएको निर्वाचनमा १००३ मत खसेको थियो ।

आइतबार मध्यान्ह घोषित मतगणनाको अन्तिम नतिजा अनुसार उपसभापतिमा जनकराज चौधरी ९६१०० र लोकराज अवस्थी ९५२३० सहित विजयी भएका छन् । संस्थापन बाहेकका पक्षका उपसभापतिका उम्मेदवार गोपालसिंह गुरुङले २८१ र मनबहादुर रावलले २६३ मत प्राप्त गरे । उपसभापति पदका अर्का उम्मेदवार हिमबहादुर रावलले १२१ मत प्राप्त गरे ।

त्यस्तै, महामन्त्रीमा नरनारायण शाह (६४८ मत) र मेघराज खड्का (६३५ मत) सहित विजयी भए । महामन्त्री पदका संस्थापन बाहेकका पक्षका उम्मेदवार रामबहादुर शाहीले ३०३ र प्रताप गुर्धामीले २३३ मत प्राप्त गरे । सहमहामन्त्रीमा चिन्तामणी भट्ट (५३३ मत) र गोपालदत्त भट्ट (५२९ मत) सहित विजयी भए । भने मिश्र टिमका पदमराज पन्तले २५४ र नरेन्द्रप्रसाद भट्टले २१२ मत प्राप्त गरे ।

सहमहामन्त्री पदका अर्का उम्मेदवार लक्ष्मणबहादुर शाहीले १६४ मत प्राप्त गरे भने हर्कबहादुर स्वारले ६८ मत प्राप्त गरे । त्यस्तै, सहमहान्त्री महिलातर्फ अम्बिका चलाउने ६८६ मत सहित विजयी भइन । उनका प्रतिस्पर्धी मिश्र टिमका खिना भण्डारी कुँवरले २२३ मत प्राप्त गरिन् ।

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.