• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

शुक्लाफाँटाको घाँसे मैदान व्यवस्थित गरिँदै

कञ्चनपुर, १८ मंसिर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको काम सुरु भएको छ । बाह्रसिंगाको प्रमुख बासस्थानका रूपमा रहेको शुक्लाफाँटा घाँसे मैदानको व्यवस्थापनको काम बुधबारबाट सुरु गरिएको हो ।

५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदानमा ट्रयाक्टरद्वारा घाँस काटिनेछ । उक्त घाँस सुकेपछि आगो लगाइनेछ । आगो लगाइएको क्षेत्रमा घाँस राम्ररी पलाउने छ ।

निकुञ्ज प्रशासनले पहिलो चरणमा बाटो बनाउने काम गरेको छ । निकुञ्ज भित्र विभिन्न क्षेत्रमा सफारी बाटो बनाउने काम चलिरहेको प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए । ‘बाटोको घाँस पन्छाउने र वर्षाले बन्द भएको बाटो खुलाउने काम चलिरहेको छ,’ उनले भने, ‘बाटो सफा गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ ।’

निकुञ्ज भित्र बन्निखेडा हुँदै बेलडाडी तथा मंगलसेरा हुँदै सिंहपुर जाने र तथा निकुञ्ज प्रवेश द्वार मझगाउँदेखि बटो सफा गरिएको छ । वर्षाले विभिन्न ठाउँमा बिगारेको बाटो तथा काठेपुललगायतको मर्मत पनि गरिएको छ ।

‘घाँसे मैदान व्यवस्थापन भरखर सुरु भएको छ, अब एकरडेढ महिनाजति लाग्छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘वजेट कम भएका कारण घाँसे मैदान पुरैमा व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’ उनकाअनुसार संरक्षण क्षेत्रमा कार्यरत संघ संस्थाहरूबाट सहयोग प्राप्त भए त्यसै अनुसार व्यवस्थापन गर्न सकिने बताए ।

घाँसे मैदान व्यवस्थापन गर्न १८ लाखमात्रै वजेट निकासा भएको छ ,जुन गतविगतका वर्षको तुलनामा निकै कम हो । प्रमुख संरक्षण अधिकृत मेहताकाअनुसार गतवर्ष ४० लाख वजेट आएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मझगाउँबाट १८ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान निकुञ्जको प्रमुख आकर्षण हो । यो बाह्रसिंगाको प्रमुख बासस्थान पनि हो । एकै पटक हजारौंको झुन्डमा बाह्रसिंगा सहजै हेर्न पाइन्छ ।

शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.