काठमाडौं । वैवाहिक अंगीकृत नागरिकता प्रावधान विवाद राजनीतिक सहमतिमा टुंगो लगाईने भएको छ । झन्डै एक वर्षदेखि संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन नागरिकता विधेयकबारे नेताहरुले राजनीतिक सहमति खोज्न दबाब दिएका हुन् । नेताहरुको दबाबपछि शनिबार मतदानबाट टुंगो लगाउने कार्यक्रम स्थगन भएको छ ।
