धनगढी, १६ मंसिर/पञ्चोदय उच्च मावि धनगढी ५ हसनपुरको १२ कोठे पक्की भवनको शिलान्याश भएको छ । बिहिबार एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाको मेयर नृप वड, बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष चक्र बम र वडा नम्बर ५का वडा अध्यक्ष हिरासिह पातलीले संयुक्त रुपमा शिलान्याश गरेका हुन् ।
दुई करोड २४ लाख रकमको भवन धनगढी उपमहानगरपालिकाल २०७७ पुस १४ गते बैठक बसी प्राथमिकताका साथ धनगढी उपमहानगरपालिकाको बार्षिक कार्यक्रमा समाबेस गरी नेपाल सरकार बाट पाउने बिशेष सशर्त अनुदान राष्ट्रिय योजना आयोग मार्फत निर्माण भैरहेको छ । बिद्यालयको बिद्यार्थीको चापलाई मध्यनजर गर्दै बिद्यालयलाई भवन माग गरेको बिद्यालय व्यबस्थापन समिति अध्यक्ष चक्र बमले जानकारी दिए ।
बिद्यालयको भौतिक तथा शैक्षिक बिकासका लागि अझै पनि भवन अपुग भएकोले सहयोग गर्न बिद्यालयका विद्यालयका प्राध्यानाध्यापक हरिसकुमार ओझाले सबैंमा अनुरोध समेत गरेका छन् ।