• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

आज विश्व एड्स दिवस : सुदूरपश्चिममा घटेन एचआइभी संक्रमितको सङ्ख्या

धनगढी,१५ मंसिर । आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। ‘असमानता हटाऔँ एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४ औँ विश्व एड्स दिवस मनाउन लागिएको हो ।

नेपालमा ३० लाख बढी एचआइभी सङ्क्रमित रहेका छन्। जसमध्ये सुदूरपश्चिम प्रदेशमा साढे ३ हजार बढी एचआइभी सङ्क्रमित बिरामीहरू उपचाररत छन् । सुदूरपश्चिम प्रदेश भर १७ वटा एआईटी साइटहरूबाट गत आर्थिक वर्षमा ३ हजार ४ सय ७३ जनाले उपचार गराएका थिए । भने चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ३ हजार ५ सय ४४ जना एचआइभी एड्स सङ्क्रमित विरामीकोे नियमित उपचार भइरहेको स्वास्थ्य निर्देशनालय दीपायलका एचआइभी एड्स फोकल पर्सन मनोज ओझाले जानकारी दिए ।

केन्द्रले सार्वजनिक गरेको पछिल्लो अध्ययनको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमण दर घटेको पाइएको हो । १० वर्षको अन्तरमा संक्रमणदर ६३ प्रतिशतले घटेको पाइएको छ । सङ्क्रमित सङ्ख्याको आधारमा सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये कैलालीमा सबैभन्दा बढी १ हजार ६ सय ९ जना, अछाममा ६ सय ८५ जना, डोटीमा ४ सय ८९ जना, कञ्चनपुरमा ३ सय ६२ जना, बैतडीमा १ सय ८ जना, बाजुरामा ५९ जना, दार्चुलामा ४०, डडेल्धुरामा १ सय १० र कञ्चनपुरमा ३ सय ६२ जनाले औषधी सेवन गरिरहेको ओझाले बताए ।

यसको औषधि जीवनभर खानुपर्ने हुँदा चेक गर्दै जाँदा यसको सङ्ख्या बढ्दै जाने गरेको छ । भने उपचारको प्रक्रिया भन्दा बाहिर गए वा कोही कसैको ज्यान गएमा मात्रै सो सङ्ख्या घट्ने धेरैको बुझाई छ । एच।आई।भी सङ्क्रमणबाट बच्न सुरक्षित यौन सम्पर्क गर्ने, कण्डमको प्रयोग गर्ने तथा एचआइभी सर्ने तरिकाबाट जोगिन सके यो रोग सङ्क्रमण बाट मात्रै जोगिन सकिने स्वास्थ्य निर्देशनालय दीपायलका एचआइभी एड्स फोकल पर्सन ओझाले ओझाको भनाई छ ।

अहिले एचआइभी सङ्क्रमितको लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्घीय सरकारबाट तोकिएका कार्यक्रम, तालिम, लाञ्छना भेदभावबाट हटाउन तालिम, काउन्सिलिङको व्यवस्था र प्रदेश सरकारको तर्फबाट पोषण भत्ता स्वरूप केही रकम वितरण गर्ने गरेको छ ।यता स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने जिल्लामा पछिल्लो वर्ष तुलनात्मक रूपमा एचआइभी सङ्क्रमित बिरामीको सङ्ख्या घट्दो क्रममा रहेको बताए । कुनै घरमा एचआइभी, एड्स सङ्क्रमण देखिएमा घरका सबै सदस्यलाई परीक्षण गराई अरूलाई सङ्क्रमण हुन बाट जोगाउन र औषधि सेवन गरिरहेका हरुले पनि नियमित स्वास्थ्य जाँच गर्न जनस्वास्थ्य अधिकृत धामीले आग्रह गरेका छन् ।

नेपालमा अहिले एचआइभी सङ्क्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आएको छ। सरकारले सन् २०३० सम्म नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ।

 

बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.