धनगढी, १५ मंसिर । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परिक्षणका क्रममामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४० नमुना परिक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार २४ घण्टामा १ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ७ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।