धनगढी, ७ मंसिर । सुन्दर सुदूरपश्चिमका अभियान्ता एवंम कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमालले धनगढीका आगलागी पिडित विष्णुप्रसाद चटौतलाई २५ हजार सहयोग गरेका छन् ।
धनगढी स्थित वडा नम्बर ३ को बिएमबी सप्लायर्समा यही मंसिर १ गते आगलागी हुँदा करोड बढीको क्षति भएको थियो ।आगलागी भएको व्यवसायको बिमा समेत नभएके हुँदा हमालले सहयोग गरेका हुन ।
‘आगलागी भएको व्यवसायको बिमासमेत नरहेको जानकारीमा आएको छ,’ हमालले भने, ‘बिमा नै नभएपछि क्षतिपूर्तिको लागि उनीसंग कुनै आधार नरहेकोले २५ हजार सहयोग गरेको छु।
सबै व्यवसायी साथीहरुलाई कैलाली उद्योग वाणिज्य संघको पूर्व अध्यक्षको नाताले सहयोगको लागी अपील गर्दछु।’ आगलागीबाट गोदाममा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको थियो ।