डोटी, ३ मंसिर । डोटीको बाझ ककानी स्वास्थ चौकीका प्रमुख तथा दारी ग्याङ डोटी उप संयोजक कुवेर खड्काले जन्म दिनको अवसरमा अक्षय कोष स्थापनाका लागी सहयोग गर्ने घोषणा गरेका छन् ।
आफ्नो जन्मदिनको अवसरमा उनले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ६ हजार ६ सय ३६ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष पत्रकार स्व। तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न पत्रकार, सामाजिक क्षेत्रमा ब्यक्ती र राजनीतिज्ञहरुले विभिन्न अवसर पारेर सहयोग गर्दै आएका छन् ।
लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको खड्काले बताए ।
