जगत देउवा
धनगढी, २६ कार्तिक/विश्व मधुमेह दिवसको अवसरमा सारथी अस्पताल प्रालिले निशुल्क मधुमेह परिक्षण शिविर संचालन गर्ने भएको छ । लायन्स कलब अफ सारथीको सहयोगमा कार्तिक २८ गते सारथी अस्पतालले निशुल्क शिबिर संचालन गर्ने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रशाद जोशीले जानकारी दिए ।
अस्पतालले संचालन गर्ने शिबिरमा नि.ंशुल्क परामर्श, औषधी वितरण, चेकअप गर्ने अस्पतालका प्रबधन निर्देशक जोशीले जानकारी दिए । शिबिरमा डा. शेरबहादुर कमर र डा. निशान भट्टराईले चेकजाच गर्ने बताईएको छ । शिबिरमा मुटु, मधुमेह, पेट, छाती, कलेजो, थाईरौड, बाथ तथा नसा रोग सम्बन्धी सबैको चेकजाच हुने समेत जनाईएको छ ।