• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

धान खरिदमा उदासिनता देखिएपछि कैलालीका किसान मर्कामा

भजनी, २४ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन् । कार्यालयले धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् ।

नेपाल सरकारले किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । तर धानको सिजन सकिएर किसान हिउँदे खेतीको तयारीमा लाग्दासमेत कम्पनीले धान खरिदको प्रक्रिया अगाडि बढाएको छैन ।

सरकारले प्रतिक्विन्टल मोटा धानको दुई हजार ७५१ र मध्यम धानको दुई हजार ८८५ दररेट निर्धारण गरेको छ । तर किसान अहिले प्रतिक्विन्टल एक हजार २०० मा धान बिक्री गर्न बाध्य छन् । कैलालीको टीकापुर –१ वनगाउँका गणेश चौधरीले यो वर्ष आफूले उत्पादन गरेको ४० क्विन्टल धान कम्पनीले खरिद नगरेको बताउनुभयो ।

कम्पनीले धान खरिद नगर्दा अहिले उक्त परिमाणको धान घरको आँगनमै रहेको उहाँको भनार्इ छ । कम्पनीले धान खरिद गरिदिन्छ कि भन्ने आशामा बसेका गणेशको त्यो आशा पूरा हुन सकेको छैन । हिउँदेबाली लगाउने समय भइसक्दा पनि कम्पनीले धान खरिदका लागि कुनै प्रक्रिया अगाडि नबढाएपछि उहाँले सस्तोमा धान बेच्न बाध्य भएको पनि बताउनुभयो ।

“हिउँदे खेतीको समय भइसक्यो । त्यहीँ धान बेचेर बीउ र मल किन्नुपर्छ । अब कम्पनीलाई कुर्ने हो भने हिउँदे बाली लगाउन ढिला हुन्छ”, उहाँले भन्नुभयो, “बाहिर प्रतिक्विन्टल दुई हजार २०० मा धान बिक्री गर्न बाध्य भएका छौं । त्यो पनि वर्षातमा नभिजेको धान ।”

टीकापुर नगरपालिका–५ का रामकृष्ण चौधरीको सबै खेत बाढीले डुवायो । काटेको धान जसोतसो केही भएपनि बचाउन सफल हुनुभएका रामकृष्णले बाढीबाट बचाएको धान प्रतिक्विन्टल एक हजार २०० मा बिक्री गर्नुभएको छ । “यहीँ पनि नबेचौँ भने हिउँदे बालीका लागि मलखाद्यको जोहो कसरी गर्ने रु बेच्दा पनि लागत नै आउँदैन”, उहाँले भन्नुभयो, “यो वर्ष कहिल्यै माथि उठ्न नसक्ने गरी किसानलाई डुबाएको छ । राज्यबाट केही राहत पाइएला कि भनेको त्यसको पनि आश मात्रै भयो ।”

धान रोप्ने समयमै सरकारले धानको मूल्य निर्धारण गरेपछि उहाँले सस्तो मूल्यमा बाहिरका व्यापारीलाई बिक्री गरेनन् । अहिले कम्पनीले धान लिन छोडेपछि चौधरीलाई ठूलो समस्या भएको छ । एकातिर आकाशमा बादल आउँदा पानी आएर धान बिग्रने चिन्ता छ भने अर्कोतिर कम्पनीले धान नलिँदा लगानी नै नउठने हो कि भन्ने चिन्तामा उहाँ हुनुहुन्छ ।

“खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा धान बिक्रीको कुरा गर्दा भोलि–भोलि भन्दै टार्दै आएका छन्”, उहाँले भन्नुभयो, “वर्षभरीको लगानी पनि नउँठ्दा किसानको काम गर्ने जाँगर पनि मर्दैगएको छ ।” अहिले धान खरिद केन्द्रले धान हेरेर दररेट निर्धारण गर्ने गरेका छन् । किसानले पहिला धानको नमूना ल्याएर खरिद केन्द्रमा देखाउनुपर्ने र त्यसपछि मात्रै धानको मूल्य निर्धारण हुनेगरेको छ ।

पौडेल राइस मिल टीकापुरका सञ्चालक रामहरि पौडेलले अहिले न्यूनतम एक हजार २०० देखि बढीमा दुई हजार २०० सम्म धानको मूल्य निर्धारण गरिएको बताउनुभयो । उहाँले धानको अवस्था हेरेर मात्रै मूल्य निर्धारण गर्न सकिने बताउनुभयो । “कस्तो धान आउछ भन्ने अहिले कुनै एकिन नै हुँदैन ।

पहिला धान हेर्छौ त्यसपछि मात्रै मूल्य निर्धारण गर्छौं”, उहाँले भन्नुभयो, “भिजेको धान खरिद गरेर हामीलाई पनि फाइदा छैन । तैपनि अन्तिममा पशुपालक किसानलाई धानको रुपमा भए पनि कुटाएर बिक्री गर्न सकिने अवस्था रहन्छ ।”

अर्का वेस्ट एण्ड क्लासिक खाद्य उद्योगका सञ्चालक मिलन बटालाले धानको खास मूल्य नै नभएको बताउनुभयो । उहाँले पहिला गल्ला समितिले धानको मूल्य तोक्ने गरेको बताउँदै अहिले आफू अनुकूल धान खरिद केन्द्रले धानको मूल्य तोकेको बताउनुभयो ।

“धानको दररेट एकनासको छैन । मनलाग्दी दररेट कायम गरिएको छ । एक खरिद केन्द्रले प्रतिक्विन्टल एक हजारमा खरिद गर्न चाहेको धान अर्कोले एक हजार पाँच सयसम्म दिएको पाइन्छ”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी मारमा अहिले किसान छन् । हामीले लामो समयसम्म त्यही बाढीमा भिजेको धान स्टक राखेर कुटाउने हो भने ७५ प्रतिशत चामल निस्किहाल्छ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इञ्जिला बस्नेतले मन्त्रालयबाट धान खरिदका लागि बजेट र परिपत्र आउन ढिलाइ भएका कारण किसानको धान खरिदमा समस्या भएको बताउनुभयो । उहाँले मङ्सिर पहिलो सातासम्म धान खरिदका लागि प्रक्रिया अगाडि बढ्नसक्ने भन्दै बजेट कार्यान्वयनमा ढिलाइ भएका कारण समय लागेको जानकारी दिनुभयो ।

“हामीले आएको निर्देशनानुसार काम गर्ने हो । जुन निर्देशन मन्त्रालयबाट आउँछ, त्यहीँ अनुसार काम गर्छौं”, उहाँले भन्नुभयो, “धान खरिद सम्बन्धी मापदण्ड कस्तो आउँछ त्यसैअनुसार धान खरिद हुन्छ । पुरानो मापदण्डअनुसार अधिकांश किसानको धान कम्पनीले खरिद गर्न सक्दैन होला ।” रासस

बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.