धनगढी, १५ कार्तिक । १४ दिनदेखि बेपत्ता एक युवक मृत भेटिएका छन्। अछामको कमलबजार नगरपालिका वडा नं ५ कुइका घर भएका ३४ वर्षीय रेशमराज तिमिल्सेना सोमवार मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता तथा प्रहरी निरीक्षक गंगादत्त बडुले कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएका उनी गैरिटाँड नजिकै बाँसको झाडीमा मृत फेला परेका हुन्।
मृतक तिमिल्सेना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी थिए भने भुवनेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन्। मृतकका आफन्तले हत्या भएको बताउदै अनुसन्धानको माग गरेका छन्।