• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डडेल्धुराको अजयमेरुमा विद्यालय भवनको योजना अधुरै

धनगढी, १४ कार्तिक । सुदूरपश्चिम सरकारका विकास निर्माणका योजना अलपत्र पर्ने गरेको गुनासो गरिएको छ। प्रदेश सरकारले भनसुन र पहुँचका अधारमा योजना दिने गरेको आरोप लाग्ने गरेकोमा कार्यान्वयन पनि हचुवाकै भरमा हुने गरेको पाइएको हो।

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले फर्निचरसहितको दुई कोठे कक्षाकोठा भवन निर्माणका लागि प्रदेशका ८८ स्थानीय तहका लागि १२ करोड ८० लाख बजेट विनियोजन भएको छ। त्यो बजेटबाट हरेक स्थानीय तहमा फर्निचरसहितका विद्यालय भवन निर्माण गरिने योजना सरकारको थियो। तर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ नौलाकोटमा रहेको जयन्ती प्राथमिक विद्यालयको भवन भने अलपत्र छोडिएको छ।

२० लाखमा बन्ने त्यो भवन निर्माण गर्न व्यवस्थापन समितिले अजयमेरुका स्थानीय बासुदेव जोशीलाई ठेक्का दिएको भएपनि दुर्गम भएकोले काम अधुरो रहेको प्रधानाध्यापक रमेशप्रसाद पनेरुले बताए। ‘

स्कुल दुर्गममा छ। सडकबाट निर्माण सामग्री पुगाउन टाढा छ’ उनले भने, ‘कोभिडको कारण पनि काम गर्न नसकिएर भवन अधुरै छ।’

प्रदेश सरकारले दिने कुनै पनि योजना स्थानीय तहको जानकारीमा नहुने अजयमेरु गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रमेशप्रसाद बाहुनले बताए। ‘कहाँ कसरी प्रदेशका योजना आउँछन् त्यो न त वडालाई थाहा हुन्छ न पालिकालाई नै’ उनले भने, ‘प्रदेश सरकारको योजनाबारे प्रदेश सरकारलाई नै थाहा होला।

प्रदेश सरकारका योजना छनोट र कार्यान्वय हरेक वर्ष विवादित हुने गरेको छ। स्थानीय नागरिक तथा पालिकाको मागको अधारमा योजना छनोट भए यो समस्या हल हुनसक्ने नागरिकहरुले बताउने गरेका छन्।

 

आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.