लोक देउबा
बर्दगोरिया गाउपालिका वडा नम्बर १ को आर्थिक बर्ष २०७४÷०७५ को सार्बजनिक सुनवाई आज वडा भवनमा सम्पन्न भएको छ ।
वडा सदस्य प्रकाश साउदको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा वडा सदस्य बास्ना सिंह ,मथुरा बि क, नेकपाका रुप बहादुर कुवर,नेपाली काङ्ग्रेसका लालमणी जोशी, राजकुला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पदम बुढथापा, बालकन्या आधारभुत बिधालयका प्र.अ.भुमी शर्मा रिमाल, समाजसेवि नवराज कुवर, मोहन तिरुवा, पुर्ण थापा, हेमराज स्वार, जौमती बिक, रंग बहादुर शाही, लगाएतकाले बोलेका थिए ।
बोल्ने अधिंकाश सरोकार पक्षवालाले वजेट निर्माण गर्दा सवैलाई समेटने गरी योजना ल्याउन माग गरे । केही वक्ताहरुले वडा नं. १ ले गत आर्थिक वर्षमा केहि राम्रा काम गरेको समेत बताए भने आउदो आर्थिक वर्षमा अल्पकालीन योजना भन्दा दिर्घकालीन विकास देखिने योजना ल्याउन आग्रह गरे ।
कार्यक्रममा वडा सचिव पार्वती सापकोटा कुँवरले आर्थिक वर्ष २०७५÷०७६ को वडामा आएको कुल ९९ लाख ५० हजारको सामाजिक विकास कार्य, भौतिक पुर्वाधारमा भएको खर्च र मठ मन्दिर निर्माणमा गरेको खर्च विवरण प्रस्तुत गरीन् ।
त्यस्तै वडा कार्यालयले आर्थिक वर्ष २०७५ मा लक्षित वर्ग अन्र्तगत १० लाख, भौतिक पुर्वाधार तथा निर्माणमा ७५ लाख ५० हजार, मठ मन्दिरमा ६ लाख र शिक्षमा ९ लाख ५० हजार खर्च गरेको तथ्याङ सचिव सापकोटले बताईन् ।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष जयरुप खतिवडाले आगामी आर्थिक बर्षमा रोड कालोपत्र गर्ने बताए । वडा अध्यक्ष खतिवडाले वडामा आएको बजेटको उपभोक्ता समितिले राम्रो काम गरे आफ्नै ठाँउको विकास हुने बताए ।
गाउँ मेरो हो मैले बनाउनु पर्छ भन्ने उद्देश्य लिएर काम गरे अवश्य पनि वडाको मुहार फेरीने वडा अध्यक्ष खतिवडाले बताए । उनले ‘भने लामो समय देखि बर्दगोरीया गाउपालिकाको वडा नं १ मा रहेको दोधरा स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्न र यसको स्तर उन्नती गर्न आफु सदैव लागी रहेको छु।’ संचालित खानेपानिलाई अबको आर्थिक वर्ष भित्र वडा बाट नभए गाउँपालिकाबाट बजेट विनियोजित गरी खानेपानि संचालनमा ल्याउने अध्यक्ष खतिवडाले भनाई छ ।
जनप्रतिनिधि भएर आएको करीव २ वर्ष भई सक्दा धेरै काम गर्न नसकेपनि अव बाँकी रहेको ३ वर्षमा वडा को मुहार फेरीने गरी काम गर्ने उनले बताए ।
वडा सचिव पार्वती सापकोटा कुँवरले संचालन गरेको कार्यक्रम वडा अध्यक्ष जयरुप खतिवडाको अध्यक्ष्तामा सम्पन्न भएको हो ।
