• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बझाङका सांसदको लाजमर्दो हर्कत, सीडीओ सरुवा गर्न डेलिगेसन लिएर सिहंदरबार

बझाङ — बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले डोजर नियमनका लागि अग्रसरता लिएपछि यहाँका जनप्रतिनिधिहरू रुष्ट भएका छन् । सीडीओप्रति रुष्ट भएका जनप्रतिनिधिहरू उनको सरुवाको माग गर्दै दिनहुँजसो सिंहदरबारस्थित गृह मन्त्रालय धाउन थालेका छन् ।

‘हामीलाई सिध्याउने भयो । सारा कार्यकर्ताहरू रुष्ट भइसके तत्कालै सरुवा गरिदिनुपर्‍यो भनेर दैनिकजसो बझाङका जनप्रतिनिधि र नेता गृह मन्त्रालय पुग्ने गरेका छन्,’ गृह मन्त्रालय निकट स्रोतले भन्यो, ‘सोमबार मात्रै गृहसचिव प्रेमकुमार राईलाई भेटेर ३ दिनभित्र सरुवा गर्न एउटा टोलीले अल्टिमेटम दिएर गएको छ ।’ स्रोतले बझाङबाट प्रतिनिधित्व गर्ने केही प्रतिनिधिसभा सदस्यको नेतृत्वमा बझाङका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, पूर्वसभासद, पूर्वमन्त्री र पार्टीका नेता कार्यकर्ताहरू महिनादेखि गृह मन्त्रालय धाउन थालेको जानकारी दियो ।

०७५ फागुन १७ मा बझाङको सीडीओ भएर आएका सुनारले ०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए । निर्माण गर्नुपूर्व सम्भाव्यता अध्ययन, डिजाइन इस्टिमेट नगरिएका, वातावरणीय प्रभाव अध्ययन नगरीकन हचुवाको भरमा काम थालिएका सडकमा प्रयोग भइरहेका सबै डोजरहरू तत्काल बन्द गर्न जिल्ला प्रशासनले सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । बिना कुनै सर्भे डिजाइन जथाभावी डोजर सञ्चालन गरी बनाइएका सडकका कारण जिल्लाका धेरै गाउँ र मानिसको जिउधन जोखिममा परेको र महिनैपिच्छे सडक दुर्घटना हुन थालेपछि प्रशासनले डोजर नियन्त्रणको प्रयास थालेको थियो । अव्यवस्थित सडकका कारण हजारौं हेक्टर वन र कृषियोग्य भूमिमा क्षति पुगेको, धेरै गाउँ र बस्ती नै जोखिममा परेको, विपतजोखिम बढाएको तथा सडक दुर्घटनामा परी नागरिकहरूले अकालमा ज्यान गुमाइरहेकाले हचुवामा सडक निर्माण नगर्न गरिएको पत्राचारलाई बेवास्ता गरी चलाइएका डोजर नियन्त्रणमा लिन थालेपछि यहाँका जनप्रतिनिधिहरू झस्किएका थिए ।

नेपाल सरकारले ०७५ फागुन १ बाट लागू हुने गरी १ करोडभन्दा कम रकमका योजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशनसमेत अवज्ञा गरिएको गुनासो आएकाले नियम र मापदण्डको बेवास्ता गर्दै जथाभावी डोजर चलाइएको पाइएमा सार्वजनिक हितविपरीतको कसुरअन्तर्गत कारबाही गर्ने भनेर सीडीओले पत्राचार नै गरेपछि जनप्रतिनिधि र प्रशासनबीच द्वन्द्व बढेको हो । सीडीओको सरुवा माग गर्दै मन्त्रालय धाउने जनप्रतिनिधिहरूले भने सुनारले आफूहरूसँग समन्वय नै नगरी काम गर्ने गरेकोले समस्या भएको आरोप लगाउने गरेको गृह मन्त्रालय स्रोतले बताएको छ । ‘उनी बौद्धिक र क्षमतावान् हुन् । तर परिपक्वता देखिएन ।

हामीलाई अप्ठेरो पारेका छन् भन्ने आरोप लिएर आउने गरेका छन्,’ स्रोतले भन्यो, ‘ठोस आरोप केही नभए पनि नेताहरू उहाँप्रति निकै रुष्ट भएको देखिन्छन् ।’ बझाङका जनप्रतिनिधि र नेताहरू सीडीओको सरुवा माग्दै गृह मन्त्रालय धाउने गरेको गृहसचिव प्रेमकुमार राईले पनि पुष्टि गरेका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले ‘नेताहरूको हामीसँग समन्वय भएन । काम गर्न गाह्रो भयो’ भन्दै बझाङका जनप्रतिनिधिहरू सीडीओको सरुवा गर्न गृह मन्त्रालय आएको स्विकारे । ‘उहाँहरूको केही थियो होला । व्यक्तिगत वा अरू केही हिसाबले कुरो नमिलेको हुन सक्छ,’ राईले भने, ‘मान्छे त राम्रै हो । प्रशासक र जनप्रतिनिधिको जस्तो रिलेसन भएन भन्ने खालको कुरा गर्नु हुन्छ ।’ उनले कसैले सरुवा माग्न आएकै भरमा सीडीओको सरुवा नहुने बताए । ‘हामी आफ्नो च्यानलबाट के भएको हो भन्ने कुरा बुझ्दै छौं । अहिलेसम्म नराम्रो भएको भन्ने केही पनि प्रमाण फेला परेका छैनन् । गल्ती नगरेको भए सरुवा हुँदैन,’ उनले भने ।

बझाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने आफूहरू सरुवाका लागि डेलिगेसन गएको कुरा अस्वीकार गरे । सांसद भैरवबहादुर सिंहले आफू कसैको सरुवाबढुवाका लागि मन्त्रालय नधाएको बताए । उनले सीडीओ आफ्नो सम्पर्कमा नरहेको भने बताए ।

बझाङकी अर्की सांसद आशाकुमारी विकले पनि आफूलाई सीडीओको सरुवाको विषयमा कुनै जानकारी नभएको बताइन् । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफ्नो सरुवाको विषयमा नेताहरू गृह मन्त्रालय गएको भन्ने अनौपचारिक जानकारी पाए पनि यसलाई महत्त्वका साथ नलिएको बताए । उनले भने, ‘मैले आफ्नो काम कर्तव्य इमान्दारिताका साथ पालना गर्ने हो । को–को सरुवा माग्न गए भन्ने विषय खोज्दै हिँड्न पनि त भएन ।’ आफूले पेसागत मर्यादाभित्र रहेर जनप्रतिनिधिसँग व्यवहार गरिरहेको र नियमविपरीत काम गर्न नसक्ने बताए ।
#कान्तिपुरबाट साभार

बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.