धनगढी : अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लडेका छन् । तथापि, उनी शतप्रतिशत फिट रहेको ह्वाइटहाउसकी डेपुटी प्रेस सेक्रेटरी करिन हुवाँ पियरेले बताए । एटलान्टा जान जहाज चढ्ने क्रममा बाइडेन भर्याङमा चिप्लिएका थिए। पहिलोपटक चिप्लिएर उठ्ने कोसिस गरेका उनी फेरि चिप्लिएर लडेका थिए।