काठमाडौँ : गीतकार केपी ओली चौथो नीम अवार्डको उत्कृष्ट ५ मा परेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले लेखेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतलाई आयोजकले उत्कृष्ट ५ मा राखेर नामावली सार्वजनिक गरेको हो ।
पाँच गीतकारमध्ये ओली पहिलो नम्बरमै छन् । यो गीतको भिडियो निर्देशन गरेका मोहन निरौला पनि निर्देशक समूहतर्फ उत्कृष्ट ५ परेका छन् ।
यस्तो छ नामावली
१-केपी शर्मा ओली – स्वदेशमै रोजगारी
२- नारायणकुमार आचार्य – हामी हिमालका मुटु
३- चन्द्रलाल तामाङग – कालापानी
४- बद्री देशार – करोडौं नेपालीको
५- अर्जुनराज भण्डारी – पूर्व पनि हाम्रै हो
आयोजकले ओलीलाई चैत २५ गते हुने ‘फाइनल’मा प्रमुख अतिथिका रूपमा आइदिन आग्रहसमेत गरेको थियो । उनले लेखेको स्वदेशमै रोजगारी शीर्षकको गीत मनोनयनमा परेको हो । यसअघि कवि समेत रहेका ओलीको गीतकार अवतारलाइ निर्णायकले सराहना गर्ने सम्भावना छ । किनकि निर्णय अगावै आयोजकले अस्ति मंगलबार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेर ओलीलाई गीत मनोनयनको प्रमाणपत्र बुझाएको थियो ।