• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भारतले अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम

"नेपालले काम रोक्न पत्राचार गरे पनि भारतले १२० मिटर तटबन्ध बनाइसक्यो, थप २०–२५ मिटर जग खनिँदै "

धनगढी, चैत ३/ नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने प्रचलनविपरीत नेपाली पक्षसँग समन्वय नगरी भारतले धमाधम तटबन्ध बनाइरहेको हो ।

गत पुसमै महाकालीको धार बदलिने गरी काम थाल्दा जिल्ला प्रशासन कार्यालय दार्चुलाले रोक्न भन्दै पत्राचार गरेको थियो । त्यसको बेवास्ता गर्दै भारतले करिब एक सय २० मिटर लामो तटबन्ध निर्माण गरिसकेको छ । अझै करिब २०–२५ मिटरमा जग राख्ने काम भइरहेको छ । महाकालीको धार नेपालतर्फ फर्काएर संरचना निर्माण गरिरहेकाले बर्खामा बाढी र कटानको जोखिम बढेको छ ।

महाकाली पारिको नेपाली भूमिमै भारतले तटबन्ध बनाउन सुरु गरेपछि पुस २५र२६ गते नापी विभागको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । तर परराष्ट्रले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । नेपालको कति क्षेत्रफलमा भारतले तटबन्ध बनाएको भन्नेबारे स्थलगत अध्ययन गर्न आएको टोलीको नापी विभाग प्रमुख दयानन्द जोशीले नेतृत्व गरेका थिए । ‘हामीले स्थलगत अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयमा बुझाइसक्यौं,’ उनले भने, ‘त्यसबारे बुझ्न परे उतै सोध्नुस् ।’
परराष्ट्र प्रवक्ता सेवा लम्सालले भने नापीको उक्त प्रतिवेदनबारे जानकारी नै नभएको बताइन् । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि त्यसबारे अहिले कुनै जानकारी प्राप्त नभएको बताए । ‘महाकालीमा तटबन्धका कुरा तीन महिनाअघिकै हुनुपर्छ’ मन्त्री ज्ञवालीले भने, ‘हिजोआजकै कुरा हो भने मन्त्रालयमा थप अपडेट लिएर मात्र भन्न सक्छु ।’

‘२०७० को बाढीअघि नदी बग्ने क्षेत्रबारे स्थानीयसँग बुझ्दा र नापी कार्यालयमा रहेको नक्सा हेर्दा भारतले करिब २५–३० मिटर वरसम्मको नेपाली भूभागमा तटबन्ध निर्माण गरेको देखिन्छ,’ महाकाली नदी नियन्त्रण आयोजनाका निर्देशक शोभाकर पौडेलले भने । दार्चुलाका महाकाली छेउका स्थानीयले पनि नदीले धार परिवर्तन गर्दा नेपालको भूभाग भारततिर गएको बताए । गल्फैका स्थानीय लोकमणि ठगुन्नाका अनुसार नदी किनारमा गाउँलेले खेल्ने पूरै भाग हाल नदीपारि गइसकेको छ । भू–संरक्षण कार्यालय र त्यसको वरपट्टिको भाग नदीपारि सरेको छ ।

२०७० असारको बाढीपछि नेपालले महाकाली किनारमा पक्की तटबन्ध निर्माण गर्दा अन्तर्राष्ट्रिय मान्यताअनुसार काम सुरु गरेको थियो । भारतले भने एकलौटी रूपमा काम अघि बढाएको स्थानीयको गुनासो छ । विगतमा पनि भारतले महाकाली किनारमा नदीको धार परिवर्तन हुने गरी संरचना राखेकाले सदरमुकाम क्षेत्रमा नेपालतिर बढी क्षति भएको नेपाली अधिकारीहरूको बुझाइ छ ।
तत्कालीन समयमा स्थानीयले त्यसको विरोध गरे पनि भारतले अटेर गरी ‘स्कर्ड’ ९किनारामा नदीको पानी रोक्ने संरचना० निर्माण गरेको घाटबजारका बासिन्दा जयभानसिंह बडालले बताए । ती ‘स्कर्ड’ ले गर्दा बँगाबगड र पुलघाट क्षेत्रमा महाकाली बाढीले क्षति पुर्‍याएको छ । अहिले अस्पताल पारिपट्टि नदीको धार परिवर्तन गरेर भारतले तटबन्ध बनाइरहेको छ ।

उक्त क्षेत्रमा दिनहुँजसो एक्स्काभेटरले नदी छेउमै पुगेर पानीलाई नेपालतर्फ फर्काएर तटबन्धको जग खनिरहेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । उक्त संरचनाबारे भारतमै गएर कस्तो प्रविधि र मोडलको तटबन्ध निर्माण भइरहेको हो भन्नेबारे नेपाल पक्षले अहिलेसम्म बुझ्न सकेको छैन । नजिकै नेपालबाटै हेरेर ‘पीसीसी मोडल’ मा बाँध राखिरहेको भन्न सकिने महाकाली नदी नियन्त्रण आयोजनाका निर्देशक शोभाकर पौडेलले बताए । ‘हाम्रोतर्फ नदी किनारबाट ५–७ मिटरभित्र तटबन्ध निर्माण गरी भारतले नदीको धार नै परिवर्तन गरिरहेको छ,’ उनले भने, ‘अहिले नदीमा पानी कम छ, वर्षात्मा पानीको मात्रा अधिक हुँदा यसले हाम्रोतर्फ तटबन्ध सुरक्षाका लागि बनाएको संरचनामा क्षति गर्न सक्ने सम्भावना धेरै छ ।’

सीमामा बसेर हेर्दा एकलौटी रूपमा भारतले मिचेको दृश्यले ‘बडा बिजोग लागेको’ नेपाली अधिकारीहरू बताउँछन् । रोक्न भनेर प्रशासनदेखि मन्त्रालयबाट भारतलाई पत्राचार गरे पनि फिल्डमा हेर्दा केही पहल नभएकोमा उनीहरू दुःखी छन् । ‘नेपाल–भारतको ज्वाइन्ट स्टेडिङ टेक्निकल कमिटीले भारतसितको सीमा निर्धारण गरिसकेको छ, त्यसैका आधारमा सीमामा संरचना निर्माण हुनुपर्ने हो, यहाँ त त्यो हुन सकेको छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय सीमा नदीको वारिपारि नेपाल–भारतको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएको थियो । महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतको सीमा बिन्दु कायम गरिएका छन् ।

अहिले नदीले धार परिवर्तन गरेको भए पनि नेपाल र भारतको सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेकाले त्यही आधारमा संरचना बनाउनुपर्ने नेपाली अधिकारीहरूको भनाइ छ । यसरी नै संरचना निर्माण भए हाम्रोतिर बनेको संरचनामा क्षति हुने सम्भावना रहेको स्थानीय एवं सेवानिवृत्त पूर्वसिनियर इन्जिनियर महेन्द्रप्रसाद बडूले बताए ।कान्तिपुरबाट

मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.