धनगढी, २ चैत/ नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारी नयाँ लूक्समा देखिएकी छिन् । तस्बिरमा उनले कपाल खौरेकी छिन् ।
पछिल्लो समय केकी चलचित्र ुबोक्सीको घरु मा व्यस्त रहेकी छिन् । उनले यसै चलचित्रको लागि कपाल खौरेको बुझिएको छ । नाटक बोक्सीको घरुलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको यस चलचित्रमा केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।
सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रूपमा निर्देशन गरेको यस चलचित्रमा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ । फिल्ममा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहेको छ ।
