शनिबार बिहान ७ बजेतिर बीओपी आउट पोष्ट पुनर्वासबाट बलबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले पुनर्वास नगरपालिका–१० स्थित दोदा पुलबाट भारतीय अबैध ब्रोइलर कुखुरा सहितका तीन वटा मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोली देखेपछी कुखुरा सहितका तीन मोटरसाइकल छोडेर तस्करहरु फरार रहेको सशस्त्र प्रहरी बल ,बिओपी पुनर्वासका प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्टले जानकारी दिनुभयो।
फरार पछि बरामद गरिएका से ४ प ४८०२, से २ प ७७५४ र म २ प ६९६२ नम्बरका तीन ओटा सुपर स्प्लेण्डर माेटरसाईकल र एक सय अठार पिस अर्थात तीन कुण्डल पच्चीस किलो ब्रोइलर कुखुरा बरामद पछि त्रिनगर भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी नायब निरीक्षक बिष्टले बताउनुभयो ।
साउन २६ गते साझ पनि सशस्त्र प्रहरी बल , बिओपी पुनर्वासबाट खटिएको टोलिले गौरीफन्टा नाका भएर भन्सार छली गरि पुनर्वास तर्फ ल्याउदै गरेको ४८ हजार ७ सय पचास रुपैया बराबरको कपडा पुनर्वास नगरपालिका-१० बाट पक्राउ गरि त्रीनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब निरीक्षक बिष्टले बताउनुभयो ।
नायब निरीक्षक बिष्टले चार्डवार्ड नजिकिए संगै बढिरहेको तस्करी नियन्त्रणमा बिओपी पुनर्वासले आफ्नो सक्रियता बढाएको बताउनुभयो ।
