धनगढी, २४ फागुन/ नेपाल महिला संघ कैलालीले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा धनगढीको पार्क चौकमा दिप प्रज्वलन गरेका छन् ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय संकल्पका साथ मनाउन लागिएको १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला संघका महिलाहरुले उक्त कार्यक्रम गरेका हुन् ।
नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नरनारायण शाह मनु थिए । कार्यक्रमको संचालन संघकी सचिव शारदा सुनामले गरेकी हुन् ।
विश्वभरका महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ ।