धनगढी, २७ कार्तिक/कैलालीमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी चौराहबाट बझाङ छबिस पाथिभेरा गाउँपालिका वडा न ३ का ३६ बर्षिय अशोक थामी र कैलाली टिकापुर ३का ४७ कि सितादेवी चौधरीलाई पक्राउ गरेको हो ।
शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रबक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनीहरूको साथबाट चितुवाको छाला थान १ बरामद गरेको बताईएको छ । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।